काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर बल्ल घट्ने भएको छ । धेरै प्रयासपछि पनि बैंक ब्याजदर नघटेपछि सबैै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरूसँग आज बिहान भएको छलफलपछि नेपाल बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याज दर घटाउन भद्र सहमति गरेको हो ।