अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको रेमिट सेवा, खातामा ७ प्रतिशत वार्षिक ब्याज |
काठमाडौं । विभिन्न देशबाट रेमिट्यान्स सेवा दिइरहेको मेगा बैंक नेपाल लिमिटेडले अबदेखि दक्षिण कोरियाबाट पनि आफ्नो सेवा शुरू गरेको छ । बैंकले दक्षिण कोरियामा रहेको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी सोही देशमा ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो ।
सम्झौताअनुसार अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।
उक्त खाता शून्य मौज्दातमै खोल्न सकिनुका साथै विभिन्न सुविधा पनि उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो खाता अनलाइनमार्फत कुनै पनि ठाँउबाट खोल्न सकिन्छ ।
यो खातामा ७ प्रतिशत वार्षिक ब्याज, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्टलगायतका सुविधाहरू निःशुल्क उपलब्ध गराइएको छ । साथै, भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको बैंकले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


