काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले राजापुर बजार, राजापुर नगरपालिका वडा नं. ४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । सन नेपाल लाइफका इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट पुस ३० गते स्वीकृत भएपछि बोनस दर सार्वजनिक गरेको हो ।
काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ
काठमाडौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालि बीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा गत माघ ३ गते सम्झौता भएको हो ।
विराटनगर । विगत केही दिनयता बढ्दो क्रममा रहेको कोभिड-१९ को संक्रमण दर कम गर्न भन्दै उद्योग संगठन मोरङले विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंककाे पालुङ शाखाले थाहा-७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको छ ।