काठमाडौं । कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न भएको छ । उद्यमशीलता विकास र प्रवद्र्धनका लागि भर्चुअल माध्यमबाट पाँचदिने कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
काठमाडौं । इ–क्याबले यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सूफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–सेवा शुभारम्भ गरेको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् ।
काठमाडौं । चालु आर्थिक बर्ष २०७८÷७९को ६ महिनामा २५ अर्ब ६२ करोड बराबरका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ओटा मोबाइल भित्रिएका हुन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणाली आइ.एस.ओ का मापदण्ड अनुरूप भएको प्रमाणीकरण गर्दै गत पुस १४ गते प्रदान गरिएको थियो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्टिङ मेसिन प्रदान गरेको छ । बैंककोे शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।
काठमाडौं । अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ ।
काठमाडौं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेट फर्मको बागमती विशेष प्रदेशको आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक बिजनेश हव प्रा.लि. नियुक्त भएको छ।