काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।
काठमाडौं । अनलाइन भुक्तानी सेवा खल्तीले यती एयरलाइन्ससँगको साझेदारीमा रु. ४५० को क्यास ब्याक अफर ल्याएको छ । फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशनमा छुट प्रदान गर्ने भएको छ ।
काठमाडौं । नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ उत्पादन ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।
काठमाडौं । सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ ।
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा चालु खाता ३०० अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्बले घाटामा रहेको थियो ।