एअर कन्डिसनर अग्रणी ‘ग्री’ को विशेष शोरूम न्यूप्लाजामा |
काठमाडौं । एअर कन्डिसनर (एसी) उत्पादन र बिक्रीमा पायोनियर मानिने ‘ग्री’ को विशेष शोरूम खुलेको छ । ‘ग्री’ को एसी आयातकर्ता कम्पनी कि कन्सेप्ट नेपालले पुतलीसडकस्थित न्यूप्लाजामा नेपालकै पहिलो शोरूम खोलेको हो । अब ‘ग्री’ को एसी खरिद गर्न चाहने ग्राहकहरूले शोरूमबाटै सुविधा लिनसक्ने कि कन्सेप्टले जानकारी दिएको छ ।
‘ग्री’ विश्वकै अग्रणी एअर कन्डिसनर ब्राण्ड हो । व्यवसायिक र आवासीय दुवै प्रकारका एसी उत्पादन गर्ने ‘ग्री’ आवासीयतर्फ विश्वकै पहिलो नम्बरमा पर्छ । चीनमा मात्रै ‘ग्री’ का ११ वटा उत्पादन प्लान्ट छन् । पाकिस्तान र ब्राजिलमा पनि ‘ग्री’ ले उत्पादन प्लान्ट खोलेको छ ।
नेपालमा कि कन्सेप्टले २० वर्षदेखि ‘ग्री’ उत्पादित एसी बिक्री गर्दै आएको छ । यसअघि ‘ग्री’ एसीको नेपालस्थित एकल आधिकारिक बिक्रेता कि कन्सेप्टले डिलर नेटवर्कमार्फत एसी बिक्री गर्दै आएको थियो । नेपालमा मात्रै ‘ग्री’ का एसी २५ हजार थान बिक्री हुने गरेको कि कन्सेप्टले जानकारी दिएको छ ।
अब न्यूप्लाजास्थित देशकै पहिलो शोरूमबाट ग्राहकहरूले ‘ग्री’ का एसी उत्पादनबारे पूर्ण जानकारी लिन र खरिद गर्न सक्ने सुविधा मिलाइएको कि कन्सेप्टका महाप्रबन्धक चन्द्र बस्नेतले बताए । नेपालमा एसीको शोरूम खोल्ने पहिलो कम्पनी नै कि कन्सेप्ट रहेको उनले दाबी गरे । शोरूममै आएर विश्वको चर्चित एसी ब्राण्ड ‘ग्री’ को एसीबारे सबै जानकारी लिन, एसीमा कस्तो र कुन गुणस्तरको सामान प्रयोग छ भन्ने थाहा पाउन तथा विभिन्न आकारका एसीको मूल्यबारे बुझ्न सकिने बस्नेतले जानकारी दिए ।
‘ग्री’ को एसी बिक्रेता कि कन्सेप्टले आवासीयदेखि व्यवसायिक भवनसम्म एसी जडान गर्ने गरेको छ । जतिसुकै ठूला भवनलाई पनि वातानुकूलित बनाउन एकै प्याकेजमा काम गर्ने गरिएको बस्नेतले जानकारी दिए । उनका अनुसार कम्पनीले भवनहरूको कुन स्थानमा एसी राख्ने भनी डिजाइनसमेत गरिदिने गरेको छ ।
एसी बिक्रीपश्चात् पनि निरन्तर सेवा दिने गरिएको सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शोरूममा कि कन्सेप्टले ‘ग्री’ का एसीसहित डिपफ्रिज, वासिङ मेसिन र फार्मेसी फ्रिज लगायत उपयोगी विद्युतीय उपकरण पनि बिक्री गर्नेछ ।


