ग्लोबल आइएमई बैंकको सल्यानमा शाखा कार्यालय बिस्तार, ग्रामीण भेगमै निक्षेप लगानी गर्ने |
काठमाडौं । ग्लोबल आइएमई बैंकले सल्यानको श्रीनगरमा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकको नयाँ शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।
ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकासका गतिविधी बढाउन र बैंकिङ सेवाको पहुँचको लागि बैंकको भूमिका महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिती थियो ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यानमा शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न बैंकले सहयोग गर्ने धारणा राखे ।
बैंकले देशभरका १ सय ३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटीएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २१ शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको जानकारी दिएको छ ।
यसैगरी बैंकले नेपालबाहिर ३ सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको पनि जानकारी दिएको छ ।
बैंकले १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।



