काठमाडौं । भक्तपुर, काठमाडौं र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनौं मुद्दा विचारधीन अवस्थामा रहेका ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत फेरि पक्राउ परेका छन् ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा कार्यालय खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्वक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलास विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । गत शनिबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।
काठमाडौं । त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलको रन–वे (धावनमार्ग) को स्तरोन्नतिको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी आज बुधवारबाट औपचारिक रूपमा स्तरोन्नतिको काम शुरू गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको र हालैको एसईई प्रकरणमा पनि प्रवेश गर्ने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेकोे अवसरमा १५ बचत निक्षेप योजना मार्फत २२ चमत्कारीक विशेषताहरु सार्वजनिक गरेको हो ।
काठमाडौं । सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।