हिमालयन बेभरेजको लक्की ड्र विजेता पाए पल्सर १५० सीसी मोटरसाईकल |
काठमाडौं । रोयल काठमाडौ हिमालयन बेभरेजको लक्की ड्र का विजेताले पल्सर १५० सीसी मोटरसाईकल पाएका छन् । कम्पनीले यो बर्ष संचालन गरेको लक्की ड्र कार्यक्रममा पुरानो ठिमी स्थित सुनिमा स्टोरका उज्जल राईले उक्त मोटरसाईकल पाएका हुन ।
कम्पनीले उपत्यकाका लागि मात्र सञ्चालन गरेको कार्यक्रममा सोमबार पाँच हजार कुपन वाट प्रथम पुरस्कार राईले पाएका हुन । उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कम्पनिका विक्री बितरण प्रमुख मिलन शर्माले शुभकामना ब्यक्त गर्दै आफ्ना उपभोक्ता र ग्राहकले कम्पनीद्धारा उत्पादित वाइनहरु उपभोग र विक्री प्रति थप उत्प्रेरणा र हौसला प्रधान गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । शर्माले उपभोक्ता ले कम्पनिद्वारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा बिदेसी वाइन आयात मा कमि भई राष्ट्रको आर्थिक हितका लागि समेत राम्रो भएको बताए ।
लक्की ड्र कार्यक्रम अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान , द्धितिय पुरस्कार स्कुटर दुइ थान लगाएत २० थान रेफ्रिजेनेरेटर लगायत राखिएको थियो ।
Visited 1 times, 1 visit(s) today


