काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एनआईसी एसिया बैंकमार्फत बीमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएपछि उनकी श्रीमती सुमित्रा खड्गीलाई एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालयमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले दावी रकम हस्तान्तरण गरेका छन् ।
काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रालि– के एल डुगर ग्रूप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले ‘नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ’ नारा सहित योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा रकम फिर्ता पाउने बीमा योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ योजना सार्वजनिक गरेको छ । सरकारले २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता ː सबै नेपालीको बैंक खाता’ अभियान अन्तरगत ‘सबै नेपालीको बचत खाता’ संचालनमा ल्याएको हो ।
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालीत लक्ष्मी केयर्स नामक गैरसरकारी संस्थाले उज्यालो अभियानअन्तर्गत “गो ग्रिन” अभियानलाई प्रवद्धन गर्ने उद्देश्यले पोखरामा १३ किलोमिटर साइकल र्याली आयोजना गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफइन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।