रियालिटि सो ‘बिग बोस’ अब नेपालमा पनि |
काठमाडौं । अन्तरराष्ट्रिय फ्रेन्चाइज टीभी रियालिटि सो ‘बिग बोस’ नेपालमा पनि संचालनमा आउने भएको छ । सोमबार राजधानीका एक कार्यक्रम आयोजना गरी नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा ल्याइएको जानकारी दिइएको हो ।
आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुत्त सहकार्यमा विग बोस नेपाल संचालनमा आउने भएको हो । रियालिटि सो कुनै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै शुरु हुने आइमेक्स प्रोडक्सनले जनाएको छ ।
नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ औं देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्वता जनाएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चलित भएकोले यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण हुनेछ ।


