कृषि विकास बैंकको नयाँ शाखा धनुषाको महेन्द्रनगरमा |
काठमाठौं । धनुषा जिल्ला शिरेश्वर नगरापालीका स्थीत सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लिमिटेडको शाखा एक कार्यक्रमका बीच सञ्चालनमा ल्याएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा मुख्यमन्त्री लाल बाबु राउतले शुक्रबार औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथी तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदानगर्ने सेवा सुविधा तथा बैंकको एटीएम कार्ड, भिसा कार्ड, आईपीएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराएका थिए ।
साथै उनले भने ‘बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ यसको बृद्धि विकास गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासी रहेको हुंदा स्थानीयजनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा थप डिजिटल सेवाहरुको अतिरिक्त विविध क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने छौं ।’
कार्यक्रमका प्रमुख अतिथी तथा मुख्यमन्त्री लाल बाबु राउतले सम्पूर्ण स्थानीय जनताहरुको मागलाई ध्यानमा राखी सहज रुपमा कर्जा उपलव्ध गराउनु पर्ने, यस क्षेत्रबाट धेरै भन्दा धेरै यूवाहरु रोजगारीको सिलसिलमा विदेश गएकोले उनिहरुले पठाउने रेमिटेन्सलाई सहजरुपमा उनिहरुको घर परिवार समक्ष पुर्याउने व्यवस्था गराएमा कृषि विकास बैंक प्रति जनताहरुको थप आकर्षण बढ्ने थियो भनि बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गर्नुका साथै स्थानीय वासीहरुलाई आफूसंग भएको स–सानो बचत रकमलाई बैंक जम्मा गर्न अनुरोध समेत गरे ।
उद्घाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका क्षेत्रिय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगर वासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पारे ।
स्थानीय सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा सो क्षेत्रका प्रबन्धक तथा कर्मचारीहरुको पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा कृषि विकास बैंकका कामु विभागीय प्रमुख बासु अधिकारी, क्षेत्रिय कार्यालय जनकपुरका कर्मचारीहरु समेत उपस्थितीरहेको थियो ।



