काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका थिए ।
काठमाडौं । हाल बैंकहरु ऋण लगानीमा आक्रमक देखिएका छन् । जसको फलस्वरुप खराब ऋणको मात्रा बढ्न थालेको छ । विगतमा ऋण बिस्तारको तुलनामा थोरै मात्र बिग्रिँदा पनि प्रतिशतमा धेरै देखिन्थ्यो ।
काठमाडौं । नेपाल बङ्गलादेशल बैंकले वडा नं ११ बेसिशहर, चिति, कार्कीडाँडा, लमजुङ्ग स्थित श्री लोकराज आदर्श माध्यमिक विद्यालयलाई चार लाख पचास हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र ४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
काठमाडौं । प्रभु बैंकले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमबारदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरूबाट एक समारोहका विच उद्घाटन गरिएको हो ।
काठमाडौं । आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं ५, बुटवल–६, रुपन्देही स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
काठमाडौं । एनआईसी एसिया बैंक र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एसिया बैंक र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एसिया बैंकले विराटनगर र धरानमा शाखा थप गरेको छ । विराटनगरको मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन्। यसैगरी धरान बुद्धचोकस्थित शाखाको उद्घाटन अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले गरेका छन्।
काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नु अगावै दुई लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।