ग्लोबल आईएमई बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट |
काठमाडौं । ग्लोबल आईएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कार्ड विक्री तथा बजार प्रवद्र्घन विभाग प्रमुख नवीन सुवेदी र अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरे ।
बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्नसंघ,संस्थाहरुसँग समन्वय गरी यस्ता योजना ल्याउने गरेको छ ।
सम्झौता अनुसार सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदानगर्दै आएको छ ।
बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सनतथा राजश्व संकलन काउण्टर, १४८ एटीएम, १५५ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि,सम्पर्क कार्यालय (अष्टेलिया, बेलायत र भारत) मार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदानगर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाखसम्म बिनाधितो प्रोफेशनल कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।


