काठमाडौं । देवː विकास बैंकले भरतपुरमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका, वडा नं १० स्थित भरतपुरमा संचालनमा आएको भरतपुर शाखा कार्यालयको शुक्रबार आयोजित एक औपचारिक समारोह बीच बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गूले उद्घाटन गरेका हुन ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको छ । बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड र जेबिल्स फाईनान्सको ८४ करोड रुपैयाँ छ ।
काठमाडौं । प्रभु बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन ।
काठमाडौं । एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ ।
दोहा, कतार । कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ । जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो ।
काठमाडौ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफनो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा ल्याएको छ ।