महुली सामुदायिक लघुवित्तको नाम परिवर्तन |
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ ।
कम्पनीको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृत कम्पनीको रजिष्ट्रार कार्यालयले पाएको हो । महुली सामुदायिक लघुवित्तको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति परिवर्तन भएको नामबाट कारोबार हुनेछ ।




