सिभिल बैंकको शाखा सुर्खेत र लम्कीमा |
काठमाडौं । सिभिल बैंकले सुर्खेत र लम्कीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमशː सुर्खेत शाखा र लम्कीको उद्घाटन गरेका छन् ।
सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८१ पुगेकोे पनि बैंकले जानकारी दिएको छ ।




