काठमाडौं । हुण्डाई मोटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टलले काठमाडौंको नक्सालमा हुडाईको नयाँ शोरुम हिजो बिहीवारदेखि सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ शुरू गरिएको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’को शुभारम्भ भएको छ ।
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३६ दशमलव १३ प्रतिशतले वृद्धि गरी ५६ करोड ७२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रोे त्रैमासमा खुद मुनाफा ५ करोड १० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६२ दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ३ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।