हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको नाफामा ३६ प्रतिशतले वृद्धि |
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३६ दशमलव १३ प्रतिशतले वृद्धि गरी ५६ करोड ७२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।
११ अर्ब चुक्ता पूँजी भएको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले जगेडाकोषमा ८४ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको सम्पत्ति ५६ प्रतिशतले वृद्धि गरी १८ अर्ब १८ करोड १ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव ३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४ दशमलव ५४ गुणा र प्रति शेयर नेटवर्थ १ सय ५ दशमलव ३० रुपैयाँ रहेको छ ।
