प्रशस्त पार्किङको सुविधासहित हुण्डाईको नयाँ शोरूम नक्सालमा |
काठमाडौं । हुण्डाई मोटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टलले काठमाडौंको नक्सालमा हुडाईको नयाँ शोरुम हिजो बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शोरूमको नेपालका लागि द रिपब्लिक अफ कोरियाका महामहिम राजदूत पार्क योङ–सिक, हुण्डाई मोटर कम्पनी, एशिया हेडक्वार्टर प्रमुख योङ सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुतm रूपमा उद्घाटन गरेका हुन् ।
उक्त शोरूमबाट आफ्ना ग्राहकहरुलाई पुनः परिभाषित विक्री अनुभव सेवा प्रदान गरिने कम्पनीले बताएको छ । नेपाली मार्केटमा बढ्दै गएको हुण्डाईको माग पूर्ति गर्नुका साथै प्रिमियम विक्री सेवा प्रदान गर्नका लागि उक्त शोरुम स्थापना गरिएको कम्पनीको भनाइ छ ।
काठमाडौंको उत्तरी भागका आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्न खोलिएको उक्त शोरूमको डिजाइन हुण्डाईको न्यू ग्लोबल डिलरशिप स्पेश आइडेन्टिटीको निर्देशनअनुसार बनाइएको छ । जसमा ३२ सय स्क्वायर फिट गाडी डिस्प्ले एरिया र ६ हजार स्क्वायर फिटभन्दा बढी ग्राहक लाउन्ज, विक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदि रहेका छन् ।
उक्त शो रूममा विद्युतीय गाडीहरू चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरूको प्रशस्त पार्किङको सुविधा पनि उपलब्ध गराइएको छ । यो शोरूमले नेपालको अटोमोटिभ उद्योगलाई उच्चतहमा पुर्याउने कम्पनीको दाब िरहेको छ ।



