काठमाडौं । अब तपाईंलाई काठमाडौं उपत्यकामा घुम्दाघुम्दै तिर्खा लाग्यो भने पानीका लागि कुनै किराना स्टोर्स वा अन्य कुनै रेष्टरेण्ट वा होटल पुग्नुपर्ने बाध्यता टरिसक्यो ।
काठमाडौं । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसन अन्तर्गत विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ ।
पोखरा । आज मंगलबार फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।
काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता भएको छ । दुबै दशेको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमन्त्रालयमा कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भयो ।
काठमाडौं । नेपाल इन्स्योरेन्सले आज फागुन २१ गतेदेखि हकप्रद निष्काशन विक्रि खुला गरेको छ कम्पनीले हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयाघातबाट निधन भएको छ । पण्डित आइतवारमात्रै भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका थिए ।
काठमाडौं । राजस्व अनुसन्धान विभागले रू. १ अर्ब ७५ करोड राजस्व छली गरेको आरोपमा बिगोको दोब्बरसम्मको जरिवाना र ३ वर्ष कैद माग गर्दै आइतवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघका सदस्यहरुले रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन गरेका छन् । संघको आयोजना र रिद्धि सिद्धि सिमेन्ट, जगदम्बा स्टील र राईनो फलामे डण्डीको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।