आजबाट नेपाल इन्स्योरेन्सको हकप्रद विक्रि खुला |
काठमाडौं । नेपाल इन्स्योरेन्सले आज फागुन २१ गतेदेखि हकप्रद निष्काशन विक्रि खुला गरेको छ कम्पनीले हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल विक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र २५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद प्रयोजनको लागि कम्पनीले माघ २७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले माघ १३ गते हकप्रद निष्काशन अनुमति दिएको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब नाघ्ने छ ।



