काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय पहुँचसम्बन्धि तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् ।
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले चुक्ता पूँजी बढाउन शेयरधनीलाई एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रस्तावित ६ प्रतिशत बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव १७ औं वार्षिक साधारण सभामा गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दिर परिसरमा प्रयोगका लागि दुई थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।
काठमाडौं । सेन्चुरी बैंकले विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको प्रधान कार्यालय पुतलीसडकमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिएको छ ।
काठमाडौं । नेपाल प्रहरीले एकै पटक सात हजार २७६ जनशक्ति पदपूर्तिकालागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले संघीयता मोडलमा आफ्नो कर्मचारीलाई खटाउनका लागि पनि नयाँ भर्ना आवहान गरेको हो ।