सनराइज बैंक र भारतको हस्पिटलबिच सम्झौता, ग्राहक लाई ५० प्रतिशतसम्म छुट |
काठमाडौं । सनराइज बैंकले भारत स्थित BLK Super Speciality / Nanavati Super Speciality हस्पिटल सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड बाहक ग्राहकले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशसम्म छुट प्राप्त गर्न सक्ने भएको बैंकले जानकारी दिएको छ ।
सो सम्बन्धि सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख विक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका थिए ।
BLK Super Speciality / Nanavati Super Speciality हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हुन । जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।
उक्त सम्झौता अनुसार सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थल बाट ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

