सामाजिक उत्तरदायित्व अन्तर्गत जगदम्बा स्टिल्स्को पुरस्कार बितरण कार्यक्रम |
काठमाडौं । शंकर गु्रप अन्र्तगतको भगिनी संस्था जगदम्बा स्टिल्स् प्रालिले कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत चौथो पटक ईन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस हल प्राङगनमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ ।

उक्त कार्यक्रममा रुकेश गुसाईँलाई सम्मानस्वरुप शंकरलाल अग्रवाल लाई गोल्ड मेडलसहित रु. ५१ हजारको चेक प्रदान गरिएको छ । उनी ईन्जिनियरिङ अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरी २०७५ सालका क्याम्पस टपर हुन ।
उक्त समारोहको प्रमुख अतिथि डा. सुधा त्रिपाठी थिइन भने क्याम्पस प्रमुख ईन्जिनियर जनार्दन भट्ट र विशेष अतिथि शंकर गु्रपका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपाल र सिनियर ब्राण्ड म्यानेजर निरजमान बानियाको पनि समुपस्थिती थियो ।



