काठमाडौं । आमन्त्रण स्पाले सन् २०१७ देखि एलेमीज् ब्रान्डको विक्री बितरण गर्दै आइ रहेको छ । यो ब्रिटिस स्कीन केयर ब्राण्ड हो । यसले स्कीन केयर ब्राण्ड अन्तर्गत थुप्रै अवार्डहरु जितेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षका लागि विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ४ लाख कित्ता शेयर स्थानीय प्रभावितलाई र ८ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो ।
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरेबियाका विभिन्न कम्पनीमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका २४ नेपालीका परिवारले मृतकहरूले पाउन बाँकी तलब, भत्ता तथा ‘ब्लडमनी’ पाउने भएका छन् ।