काठमाडौं । बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता रोकिएको छ । ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जानकारी दिएको छ । मंगलबारदेखि नयाँ दर्ता रोकिएको हो ।