काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँबराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको हो ।
काठमाडौं । दशैंमा घर जाने यात्रुहरु लाई सजिलो होस् भनेर असोज २४ गते घटस्थापनाको दिनदेखि ३१ गते महाअष्टमीको दिनसम्म सार्वजनिक सवारीको लागि रुट परमिट खुला गरिएको छ ।
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंकले एटीएम सेवा शुरु गरेको छ । उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि अनुदान सहयोग दिने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको हो ।
तनहुँ । तनहुँ जिल्लामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावित स्थानीयवासीले आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जाप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।