चैत्र ३, २०७५ नेशनल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।