गण्डकी विकास बैंकको राजधानीका तीन जिल्लामा एकै पटक बिस्तार शाखा, ७७ ठाउँमा सञ्जाल |
काठमाडौं । गण्डकी विकास बैंकले राजधानीका तीन जिल्लामा नयाँ शाखा खोलेको छ । बैंकले ललितपुरको इमाडोल, काठमाडौंको कलंकी र भक्तपुरको शुकुलढोकामा शाखा खोलेको हो ।
अब बैंकको शाखा संख्या ७७ पुगेको छ । पुससम्म बैंकले ४१ करोड नाफा आर्जन गरेको छ । बैंकले २६ अर्ब १९ करोड निक्षेप संकलन र २३ अर्ब ३८ करोड ऋण लगानी गरेको छ ।



