काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चैतभित्रै अर्को साधारण सभा सम्पन्न गरेर लाभांश खुवाउने बताएकोे छ । पाँच आर्थिक वर्षको शुक्रवार एकैपटक साधारण सभा गरेर पनि विना लाभांश साधारण सभा डाकेको भन्दै शेयरधनीले बबण्डर मच्चाएपछि सञ्चालक समितिले सो प्रतिबद्धता जनाएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २ अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले ९१ दिने अवधिको १ अर्ब र १ सय ८२ दिने अवधिको १ अर्ब ८९ करोड ६० हजार रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना शेयरधनीलाई ११.३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने विभिन्न उद्घार सामग्रीहरू हस्तान्तरण गरेको छ । बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरू दिएको हो ।
काठमाडौं । संसदीय समितिले बैंकको पहुँच पुगेका ठाउँमा विद्युतीय प्रणालीबाट मात्र सरकारी भुक्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ ।
काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र तथा मोबाइल व्यापारमा नेपालकै हब मानिएको पाको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर, अमेरिकी डलरलगायत अन्य विदेशी मुद्राको विक्री शुरू गरेको छ ।