सिटिजन्स बैंकको पहिलो एक्सटेनसन काउन्टर मकवानपुरको रजैयामा |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाअन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टर खोलेको छ ।
रजैया एक्सटेनसन काउन्टरबाट बैंकले त्यस क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबीबीएस सुविधालगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने छ ।
बैंकका ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरु छन् ।
Visited 1 times, 1 visit(s) today


