राष्ट्रिय बाणिज्य बैंकको साधारणसभाद्वारा वित्तीय प्रतिवेदन पारित |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको तेह्रौ बार्षिक साधारणसभाले वित्तीय प्रतिवेदन पारित गरेको छ । बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन मन्त्रालय, पूर्वाधार मन्त्रालय, कृषि मन्त्रालय, शिक्षा मन्त्रालय, उर्जा मन्त्रालय, श्रम मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति थियो ।
अध्यक्ष गुरुङले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरु दामोदरप्रसाद रेग्मी, निरञ्जनकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गरेका थिए । साधारणसभामा संचालक समिति सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिति थियो ।
बैंकको ७७ वटै जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ छ । पुससम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी र २ अर्ब ४१ करोड रुपयाँ खुद मुनाफा गरेको छ ।
Visited 1 times, 1 visit(s) today


