नेपाल अन्तरराष्ट्रिय व्यापार मेला बिहीबारदेखि शुरु हुँदै, २ सय २५ ओटा स्टल रहने |
काठमाडौं । बिहीबारदेखि नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गर्न लागेको उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा ५ दिनसम्म चल्ने भएको हो ।
मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । ५ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न देशका २ सय २५ ओटा स्टल रहने छन् । जसमा चीनका ९० वटा, भारतका १० वटा, बंगलादेशका ४० वटा स्टल र बाँकी सबै नेपालका स्टल रहने छन् ।
हालसम्म सबै स्टलहरु बुकिङ भईसकेको महासंघले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महासंघका अनुसार मेलाकै क्रममा चैत १५ गते चीनबाट आएको ब्यवसायीक प्रतिनिधिमण्डलसँग महासंघद्वारा बृहत अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतीपत्रमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ ।
मेलामा हस्तकलाका उत्पादनहरु, एनटीआईएसका उत्पादनहरु रहनेछन् । यस्तै हस्तकला, पर्यटन, सुचना प्रविधि एवं व्यवसायिक सुचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी लगायतका छुट्टाछुट्टै स्टलहरु रहनेछन् ।
मेलामा करिव १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जानकारी दिएको छ ।



