गल्फ तेस्रो सहिद कप टी ट्वन्टि ट्रफिको प्रायोजक |
काठमाडौं । अन्तरराष्ट्रिय गल्फ आयल इन्टरनेशनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेड तेस्रा सहिद कप टी ट्वन्टि ट्रफिको लागि प्रयोजकका रुपमा रहेका छ । प्रदेश नं २ मा भईरहेको यो क्रिकेटको मुख्य टुर्नामेन्ट हो । यस्तो टुर्नामेन्ट वार्षिक रुपमा आयोजना हुने गर्दछ ।

यो टुर्नामेन्ट यहि चैत्र ११ देखि १९ गतेसम्म जनकपुरमा आयोजना भईरहेको छ । यसले युवावर्ग लाई खेलको आवश्यकता, मूल्य तथा महत्ववारे विशेष योगदान दिने विश्वास लिइएको छ । साथै सहिद तथा उनीहरुका परिवारप्रतिको सम्मानका रुपमा पनि यो खेललाई लिने गरिन्छ ।

नेपालमा गल्फ एक स्थापित ब्राण्डका रुपमा परिचित नाम हो । यसले नेपालमा हुने विभिन्न फुटवल वा क्रिकेट जस्ता खेलहरुमा प्रायोजन समेत गर्दै आएको छ । कम्पनीले चेन्नाइ सुपर किङ्ग, म्यानचेस्टर युनाइटेड जस्ता अन्तरराष्ट्रिय टिम तथा प्रतियोगिताहरुमा समेत साझेदारका रुपमा रहदैं आएको छ । गल्फ अन्तरराष्ट्रिय लुब्रिकेन्ट उत्पादक कम्पनी हो ।




