काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेण्ट बैंकले एक करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५३ प्रतिशतले घटेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग तत्कालै आर्थिक सहायताको माग राखेको छ । निगमले कर्जा अत्यधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले संस्था उच्च जोखिममा रहेको बताउँदै तत्कालै सरकारले आर्थिक सहायता दिएर जोखिम कम गर्नुपर्ने बताएको हो ।
काठमाडौं । सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गण्डकी विकास बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.६५ प्रतिशतले धेरै हो ।
काठमाडौं । कर्मचारी सञ्चय कोषका सबै सञ्चयकर्ताको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि कोष र राष्ट्रिय बीमा कम्पनीबीच बुधबार समझदारी भएको छ । उक्त सम्झौतामा कोषका तुसली गौतम र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन ।
काठमाडौं । विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरूको साझा मञ्च कोलम्बो प्रोसेसको पाँचौं उच्च अधिकारीस्तरीय बैठक आज काठमाडौंमा शुरू भएको छ ।