कलेजका विद्यार्थीसँग मोːमोː उत्सव |
काठमाडौं । कोका–कोला नेपालको वार्षिक लोकप्रिय उत्सव कोका–कोला मोːमोː उत्सव उपभोक्तामाझ उत्साहपूर्ण ढङ्गले चलिरहेको छ । यस कोका–कोला मोːमोː उत्सवका लागि कलेजका विद्यार्थीहरु पनि निकै उत्साहित भएका छन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोːमोː उत्सव मनाउने अवसर पाएका छन् ।
प्रियंका र आयुषमान ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोːमोː उत्सवको रौनक बढाउन मित्रपार्क स्थीत टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग स्थीत गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजमा प्रियंका र आयुषमानले विद्यार्थीहरुसँग बसेर मːम र कोका–कोलाको स्वाद बढाएका छन् । उनीहरुले विद्यार्थीहरुसँग कोका–कोला र मːम खादै, फोटो र सेल्फी खिचेका छन् ।
नेपालले लोकप्रिय पेय पदार्थ कोका–कोला र रुचाईएको खाना मːमː लाई एकसाथ ल्याएर ग्राहकहरुमा खुसीयाली बाड्न लगातार विगत ४ वर्षदेखि कोका–कोला मोːमोː उत्सव आयोजना हुदै आएको छ । यस उत्सवलाई भव्य रुपमा सफल पार्न सेलिब्रेटीहरुले विभिन्न आउटलेट र होटलहरु भ्रमण गरिरहेका छन् ।
साथै यस वर्ष उनीहरु कलेजका विद्याथीहरुसँग मोːमोː उत्सव मनाउन विभिन्न कलेजहरुमा पनि भ्रमण गरिरहेका छन् । यो कलेजका विद्यार्थी साथै सेलिब्रेटीहरुका लागि पनि केहि फरक अनुभव बटुल्ने अवसर हो । कलेजका विद्याथीहरु पनि आयुषमान र प्रियंकासँग कोका–कोला र मːमː साट्न पाउदा निकै खुसी भएका थिए ।

