भिजिट नेपाल २०२० लाई आत्मसाथ गर्दै एभरेष्ट बैंकद्वारा २०७६ सालको क्यालेन्डर सार्वजनिक |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो ।
एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई २५औं वर्षसम्मको निरन्तर सेवा पूर्याएको परिप्रेक्षमा नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवː भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको छ । बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तरराष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयूक्त रुपमा उक्त क्यालेनडरको बिमोचन भएको थियो ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक वेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

