महालक्ष्मी विकास बैंकद्वारा हावाहुरीबाट प्रभावित क्षेत्रमा एक लाख रुपैयाँको राहत वितरण |
काठमाडौं । महालक्ष्मी विकास बैंकले हावाहुरीबाट प्रभावितलाई राहत वितरण गरेको छ । बैंकको वीरगंज, कलैया र प्रसौनी शाखाले एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री र पिउने पानी वितरण गरेको हो ।
आइतबार राती आएको हावाहुरीमा परेर बारा र पर्सामा २८ जनाको मुत्यु भएको छ भने ३ सय ७५ जना घाइते भएका छन् । हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ ।

