काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५६.९१ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले तीन महिनामा ५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ ।
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफामा १० करोड ३८ लाख रुपैयाँ गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३८ दशमलव ८५ प्रतिशतले वृद्धि हो ।
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ५८ करोड १९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ ।