ग्लोबल आईएमई बैंकले खोल्यो एकै पटक चार जिल्लामा पाँच शाखारहित बैंकिङ इकाइ |
काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले रोल्पाको परिवर्त गाँउपालिका ३ इरिवाङ्ग, कैथवाङ्ग गाउँपालिका २ ठूलोगाँउ, ईलामको सुर्योदय नगरपालिका १४, कट्टुसे, सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा र पाँचथरको हिलि गाउँपालिका २, सिङ्गापुरमा शाखारहित बैंकिङ सेवा इकाइ खोलेको हो । बैंकको यस्तो इकाइ संख्या १२६ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम र सीडीएमए तथा युटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
Visited 1 times, 1 visit(s) today


