काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर सञ्चालन गरेको ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न भएको छ ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
काठमाडौं । लक्ष्मी बैंंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ३४.११५ धेरै हो ।
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो ।
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिमा भन्दा ३९४.४८५ ले नाफा बढाएको हो ।
काठमाडौं । सरकारले नियमित विवरण नबुझाउने संस्थालाई खारेजीमा लैजाने तयारी गरेको छ । आन्तरिक राजस्व कार्यालयले २०७१ सालअघिका भ्याटमा दर्ता भएका तर नियमित विवरण नबुझाएका संस्थालाई आगामी माघ १ गतेदेखि खारेजीमा लैजाने तयारी गरेको हो ।
काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ गत वर्ष एनसीसीले २५ करोड १४ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।