काठमाडौं । जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको बिभिन्न समाचार सस्थाहरुले जानकारी दिएका छन् । जापानी मिडियाका अनुसार वित्तीय कानुनको मिचेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा शुरु गर्न जापानसँग प्रस्ताव गरेका छन्। । मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा शुरु गर्न प्रस्ताव गरेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडकमा बर्षेनी पहिरोले धनजनको क्षती हुदै आएको छ । स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच निर्जीवन बीमा सेवा दिने बारे बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित प्रभावकारी उर्जा बचत कार्यक्रमको परियोजना कार्यान्वयन इकाइका रुपमा काम गर्ने भएको छ । जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम बाणिज्य बैंक मार्फत उपलब्ध हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमालेख ‘दम्पती सावधिक योजना’ संचालनमा ल्याएको छ । यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने बताइएको छ ।
काठमाडौं । कतार एयरवेजको हालै सञ्चालनमा आएको अन्टलया, बोड्रुम, म्याकोओनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि पुनः सुचारु गर्ने घोषणा गरेको छ ।