दराजको शेक शेक क्याम्पेन २५ गते देखी शुरु हुँने, ६० प्रतिशत सम्म छुट |
काठमाडौं । अनलाईन सपिङ दराजले ‘दराज शेक शेक अभियान’ सार्वजनिक गरेको छ । दराजका उपभोक्ताहरुलाई किनेमल स्तरीय बनाउन दराजले नयाँ दराज शेक शेक अभियान सार्वजनिक गरेको हो ।
चैत २५ देखी बैशाख ४ गते सम्म रहने उक्त अभियान मार्फत ग्राहकले विभिन्न सामग्रीहरुको खरिदमा आकर्षक भउचरहरु प्राप्त गरी विशेष छुट पाउन सक्नेछन । यस अभियान अन्तर्गत आकर्षक भउचरहरु जित्न उपभोक्ताहरुले अप्रिल ८ देखी १२ तारीक सम्म हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ ।
हरेक शेक शेक गेम सेशन ६० मिनेटको हुनेछ र हरेक दिन बिहान ०८–१२ बजे १०ː३०–११ː३०, दिउसो ०३ː३०–०४ː३०, र बेलुकी ०८ː३०–०९ː३० को बिचमा गेम संचालन हुनेछ । उक्त गेममा सहभागि हुन दराज एपमा लगअन गर्नु पर्ने दराजले जानकारी दिएको छ । दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ फोन हल्लाउन तयार रहनुपर्ने तथा शेक शेक गेम सेशन सुरु हुनसाथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने छ ।
जितेका भउचरहरुको अवधि भने अप्रिल १७ तारिक सम्म मात्र मान्य हुनेछ । दराज नेपालका प्रबन्ध निर्देशक लिनो एह्लेरिङका अनुसार शेक शेक दराजमा थपिएका विशेषताहरु मध्ये अहिलेसम्मकै सबैभन्दा मज्जाको विशेषता हो । यो रमाइलो, नौलो र आकर्षक छ ।
उक्त अभियान मार्फत उपभोक्ताहरुले अन्तरराष्ट्रिय, स्वदेशी साथ साथै टप ब्राण्ड तथा अन्य सामानहरुमा ६० प्रतिशत सम्म छुट, मेगा भउचर, क्रेजी भउचर, क्रेजी फ्ल्यास सेल तथा मिस्ट्री बक्स् प्राप्त गर्न सक्ने छन् ।

