मेरो माइक्रोफाइनान्सले दियो कर्मचारीलाई ४ दिने तालिम |
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका नयाँ कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ४ दिने आधारभूत तथा अभिमुखीकरण तालिम दिइएको छ ।
नयाँ कर्मचारीहरुलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा लघुवित्त सम्बन्धी कार्यप्रकृया तथा नीतिनियमको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिममा ६९ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दैै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सर्बसाधारणमा पहँुचको बृद्धि र बिस्तारका लागि वित्तीय संस्थाले ब्यावसायिक टेवा पुर्याएको बताए । प्रतिस्पर्धी बजारमा संगठनलाई केही समयभित्र ७७ जिल्लामा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य रहेको र संस्थाको कार्यक्रमले विपन्नवर्गहरुको आर्थिक स्थितिमा सुधार गरी सकारात्मक प्रभाव पारेको समेत बताए । त्यस्तै कर्मचारीहरुलाई तालिमले फिल्डमा कार्य गर्न सहज हुनुका साथै शाखामा उत्साहका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले कार्यक्रममा विपन्न वर्ग, न्यून आय भएका परिवार वा बासिन्दाहरुको आर्थिक उत्थानको लागी ब्यक्तिगत वा सामुहिक जमानीमा ऋण प्रदान गरेर कार्य गरिरहेको जानकारी दिए । त्यस्तै छोटो अवधिमा संस्थाले देशका बिभिन्न स्थानमा शाखा स्थापना गरी विपन्न वर्गसंग घरदैलो बैकिङ कारोवार गरि गरिबी न्यूनिकरणमा सहयोग पुर्याइरहेको बताए ।
समापन कार्यक्रममा सहभागी मोहम्मद अन्सारी र सुनिता शाहिले तालिममा संस्थाले फिल्डमा गर्ने कामकारवाहीको बारेमा प्रत्यक्ष अनुभव गर्न पाएकोमा कृतज्ञता प्रकट गरेका थिए । साथै तालिममा सिकेको कुरा ब्यवहारमा उतार्ने र संस्थाको उद्धेश्यलाई निस्वार्थ रुपमा लाग्ने बताएका थिए । तालिममा प्रमाणपत्रका साथै नियुक्त पत्र बितरण गरिएको थियो ।
चैत्र १९ गतेदेखि सञ्चालन भएको उक्त तालिममा कर्मचारीहरुलाई संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराइएको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, योजना, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख राजु प्रसाद पुडासैनी, कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, कार्यक्रम तथा पुनːलाभ परियोजनाका प्रमुख माधब न्यौपाने, जनशक्ति तथा कार्यसञ्चालन बिभागका रामकुमार सुबेदी, पुष्कर घिमिरे लगायत कर्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

