महालक्ष्मी विकास बैंकको बर्दियामा वित्तिय साक्षरता कार्यक्रम |
काठमाडौं । महालक्ष्मी विकास बैंकले बर्दियाको बाँसगढी नगरपालिकाको मटेरियास्थित नमूना आमा समूहका सदस्यलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो कार्यक्रम गरेको हो ।
बैंकले सोही कार्यक्रममा स्वास्थ्य समूह, बाँसगढी नगरपालिका– ४ को कार्यालय, स्थानिय शिवमन्दिर तथा दुर्गामन्दिरलाई डस्टबिन पनि वितरण गरेको छ ।

