काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाले सरकारसँग ४ अर्ब रुपैयाँ थप बजेट मागेको छ । चालू आर्थिक वर्षको बजेट सकिने अवस्थामा पुगेको र काम भइसकेका वक्यौताको भुक्तानी दिन थप बजेट मागेको मध्यहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको हो ।
काठमाडौं । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । खराव रेटिङ पाएको कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता शेयर पनि यसैमा समावेश गरेको हो ।
काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेनरेशन नेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा मंसिर ४ गते बाट आफ्नो मोबाइल बैंकिङ एप (हाईएमबी) शुरु गरेको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले मोबाईल एप शुभारम्भ भएको घोषणा गरे ।
काठमाडौं । नेपालमा पहिलो पटक ह्याकर सम्मेलन हुने भएको छ । यही मंसिर ६ र ७ गते अन्तरराष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो ।
काठमाडौं । नाडेप लघुवित्तले मंसिर २३ गते देखि पुस २९ गतेसम्म बिक्री खुल्ला हुने लघुवित्तले जानकारी दिएको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।
अमेरिका र अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको मेला उत्साहजनक रूपमा सम्पन्न भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सले एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा फाइनान्स तीन करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो ।
काठमाडौं । गण्डकी विकास बैंकले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष बैंकले १९.३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।