अभिनिश डिस्टिलरीको उत्पादन एम्पेरर २४ क्यारेट माल्ट्स बजारमा, मूल्य १२ सय रुपैयाँ |
काठमाडौं । अभनिश डिष्टिलरीले एम्पेरर २४ क्यारेट स्कच माल्टस काठमाडौंमा विक्री शुरु गरेको छ । कम्पनीका अनुसार गत असोजमा बजारमा ल्याएको एम्पेरर स्कच माल्टसपछि स्कच माल्टस बजारमा ल्याइएको हो ।
‘एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो, जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार एम्पेरर २४ क्यारेट विशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार पारेका हुन् । कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो ।
डबल फिल्ट्रेशन गरी शतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरिएको हो । बजारमा उपलब्ध थुप्रै किसिमका उत्पादनको तुलनामा एम्पेरर २४ क्यारेट निकैे राम्रो हुनुमा यसमा प्रयोग गरिएको उच्च गुणस्तरको कच्चा पदार्थ रहेको कम्पनीको भनाई छ ।

