काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । विज्ञापन एजेन्सी मार्शले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको छ ।
काठमाडौं । आजदेखि वाणिज्य बैंकहरूले साढे १२ प्रतिशत ब्याज दिने गरी सार्वजनिक सूचना नै प्रकाशित गरेपछि वित्त (फाइनान्स) कम्पनीहरूको संगठन नेपाल वित्त कम्पनी संघले पनि निक्षेपमा अधिकतम १२ प्रतिशतभन्दा बढी ब्याज दिने पुरानो निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका पुनर्निर्माणसम्बन्धी कार्यको जिम्मेवारी अब सबै स्थानीयहरूसँग समझदारी गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ ।