काठमाडौं । हेलिकोप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’को औपचारिक उद्घाटन भएको छ ।
वीरगंज । पछिल्लो समय वीरगञ्ज भन्सार आसपासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि मरिच तस्करी रोकिएको छैन । हालै मात्र वीरगञ्जमा प्रहरीले विदेशबाट आयात गरी भण्डारण गरी राखेको अवस्थामा झण्डै ७ सय किलो मरिच बरामद गरेको छ ।
काठमाडौं । सरकारले हालै मात्र एशिया प्यासिफिक समिटको आयोजकबाट प्राप्त गरेको ‘सुशासन अवार्ड’ को रकममा त्यति नै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ ।
काठमाडौं । गोरखा जिल्लाको बाह्किलो–बारपाक सडक वरिपरी अवस्थित जापान सरकारद्वारा पूनː निर्माण गरिएको ५ वटा नयाँ पुलहरु सरकारलाई हस्तान्तरण गरिएको छ । सोमवार गोरखामा आयोजना गरिएको एक औपचारिक समारोहमा नेपाल सरकारलाई उक्त पूलहरु हस्तान्तरण गरिएको हो ।
काठमाडौं । एक्सट्रिम एजुकेशन एण्ड भिसा सर्भिसे्स (निभ्स) ले काठमाडौंमा शाखा बिस्तार गरेको छ । यसले काठमाडौं बागबजारस्थित यति प्लाजाबाट आफ्नो सेवा शुरु गरेको छ । सुरक्षित गन्तब्यसम्म पुग्नका लागि गुणस्तरीय सेवा दिन आफुहरु लागि परेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । ग्याजेट पारखीहरुले किस्ताबन्दीमा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् ।
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले पुस ७ गते साधारण सभागर्ने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवल ९ कालिका नगरमा हुने भएको छ ।